कलैया उप महानगरपालिका नगर प्रमुख राजेश राय यादव पक्राउ

राहत वितरणमा अखाद्य वस्तु वितरण गरेको आरोपमा कलैया उप महानगरपालिका नगर प्रमुख राजेश राय यादव पक्राउ परेका छन् । नेपाल सरकारले चैत्र ११ गते देखी लकडाउन गरे पछि नेपाल सरकारले गरिव विपन्न र असंगठित मजदुरलाई राहत वितरण गर्ने क्रममा कलैया उप महानगरपालिकाले कुहिएको अखाद्य वस्तु वितरण गर्दै आएको उजुरी पछि बारा प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख कृष्ण पंगेनिले वताउनु भएको छ ।


पक्राउ पर्नेमा कलैया उप महानगरपालिका वडा नं. १ का अध्यक्ष हरओम सोनार, वडा नं. ७ का अध्यक्ष सर्फलाह अन्सारी, वडा नं. ११ का अध्यक्ष सर्व नारायण चौधरी, वडा नं. १३ का अध्यक्ष राजन केशरी वडा नं. २३ का अध्यक्ष महेश शाह पक्राउ परेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *