धनकुटा र हिलेका ३ सय जना बढीले घरभाडा मिनाहा

धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत  धनकुटा र हिलेका ३ सय जना बढीले घरभाडा मिनाहा गरी सहयोग गरेको उद्योग बाणिज्य संघले जनाएको छ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले लक डाउन गरेपछि सम्पूर्ण उद्योग ब्यावसाय,व्यापार बन्द भएपछि व्यावासयीहरु संकटमा परेकोले संघले घर भाडा मिनाहा अभियान सञ्चालन गरी सम्पूर्ण घर धनीहरुलाई घर भाडा मिनाहा गर्न अनुरोध गरेको थियो । सोही अनुसार आज सम्म अध्यक्ष, निर्वतमान अध्यक्ष ,पूर्व राष्टिय खेलाडी तथा कलाकार,नागरिक समाजका अध्यक्ष सहित ३ सय भन्दा बढी घरधनीहरुले आज सम्म घर भाडा मिनाहा गरी सहयोग गर्नु भएका उपाध्यक्ष कृष्णराज श्रेष्ठले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं १ का निर्वाचित वडा सदस्य ललाचन्द्र गोङ्वा तामाङ्गले धनकुटा हिले बजारका रहेका सम्पूर्ण घरका भाडा र पूर्व राष्टिय खेलाडी तथा कलाकार पियुस श्रेष्ठ तथा आशा देवान श्रेष्ठले धनकुटा नगरपालिका वडा नं ७ हुलाकटोलको घरको र नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाईले वडा नं ५ माथिल्लो कोप्चेको घरको सम्पूर्ण भाडा आज मिनाहा गरिदिनु भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

त्यस्तै धनकुटाको व्यापारिक केन्द्र हिले बजारका लक्ष्मी लाम्मिछाने,कृष्णराज जोशी,लक्ष्मीदेवी जोशी,किरण कुमार शाक्य,केशर वहादुर थापा,छेकु तामाङ्ग ,विर वहादुर विसंखेले व्यावसायीहरुलाई घर भाडा छुट गरीदिनु भएको धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य डिजेश शाक्यले वताउनु भयो ।

यस्तै धनकुटा नगरपालिका वडा नं ६ का गंगादेवी खड्गी,शिखर श्रेष्ठ,धनकुटा वडा नं ७ का हुलाकटोल मदन चौकका हरी कुमार श्रेष्ठले पनि एक महिनाको घर भाडा मिनाहा गरेकाछन् । व्यापारी तथा व्यावसायीहरुले व्यापार गरेर कमाएर भाडा तिर्ने घर व्यवहार चलाउने गरेकोमा लक डाउनको कारण पसल दूई महिना भन्दा बढी देखी बन्द भएकोले मानवीय नाताले पनि आफुहरुले लक डाउन अवधिभरको घर भाडा मिनाहा गरिदिएको पूर्व राष्टिय खेलाडी तथा कलाकार पियुस श्रेष्ठ,आशा देवान श्रेष्ठ र किरण कुमार शाक्यले वताएकाछन् ।

यस अघि धनकुटा नगरपालिका वडा नंं ५ तल्लो कोप्चेका त्रिभुवन श्रेष्ठ ,वडा नं ६ वीचबजार भिमसेन चौकका पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचौकमा पुष्कर प्रसाद जोशी लगायत धनकुटा बजारका ८७ जना भन्दा बढीले घर भाडा मिनाहा गरिदिनु भएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो । पर्यटकीय तथा व्यापारिक हवको रुपमा रहेको धनकुटा नगरपालिका वडा नं। १ हिलेका हेम कुमारी लिम्बु,थाम वहादुर लिम्बु,जंग क्षेत्री,निर वहादुर गोङ्देन, धन वहादुर मोक्तान९डि।बीं मोक्तान०,कौशिला बमजन,विष्णु मोक्तान,बिना देवी घिसिङ,बम बहादुर योञ्जन,जमुना घिसिङ योजञ्जन, शुभ चन्द्र मोक्तान ,दुर्गादेवी घिसिङ लगायत १७ जना घर धनीहरुले घर भाडा मिनाहा गरिदिनु भएको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।

धनकुटा नगरपालिका व वडा नं। ५ धरहरा चौकको घरको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राईले र धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरको भाडा मिनाहा गर्नु भएको धनकुटा उद्योग बाणिज्य संघका सचिव राम रायोमाझीले वताउनु भयो ।

व्यापारी तथा व्यावसायीहरुलाई संकट तथा दुखको अवस्थामा मानवीय नाताले सहयोग गर्ने क्रममा धनकुटा जिल्लाभरीगरी अहिले सम्म ३ सय २५ जना भन्दा बढीले घर भाडा मिनाहा गरिसक्नु भएको र करीव ४ जना घर धनीहरुले घर भाडा मिनाहा गर्ने प्रतिवद्धता जनाउनु भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकमा रहेको व्यापारिक भवनहरुका भाडाहरुका साथै धनकुटाबजारको र हिलेबजारको विहिवारे हटियाको भाडा तथा कर र धनकुटा अस्पतालको व्यापारिक भवनहरुमा रहेको पसलहरुको समेत घर भाडा छुट गरीदिन हुन धनकुटा नगरपालिका र धनकुटा अस्पतालाई विकास समितिलाई अनुरोध गरेको वरिष्ट उपाध्यक्ष मन कुमारी तितुङ्गले वताउनु भयो । घर भाडा मिनाहा गरी महत्वपूर्ण सहयोग गर्नु भएकोमा सपूर्णलाई धन्यवाद दिदै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई र उपाध्यक्ष कृष्णराज श्रेष्ठले धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीहरुलाई लक डाउन अवधिभरको घर भाडा छुट गरि दिई संकटमा सहयोग गर्न समेत पुन अपिल गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *