काठमाडौं : प्रदेश नं १ बाट थप १८ जनाले कोरोना जितेका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका सत्र जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् ।कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर
साहले पुष्पगुच्छा दिएर बिदाई गरेका छन् ।
डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । यसअघि कोशी अस्पताल विराटनगरवाट तीस जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
प्रदेश १ मा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका छन् ।
Comments