चट्याङले २ जनाको मृत्य

धादिङ्ग जिल्ला थाक्रे गाउपालिका वडा नं ३ तल्लो मल्डुङ्गमा  चट्याङले विद्युत सट हुदा २ जनाको मृत्य भएको छ । भने ४ जना घाइते भएको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुक बहादुर खड्काले बताए । मृत्यु हुनेमा थाक्रे गाउपालिका वडा नं ३ का ४५ बर्षिया सानुमान तमाङ्ग र सोहिका बर्ष २४ का सागर अर्याल रहेका छन् ।

भने घाइते हुनेमा थाक्रे गाउपालिका वडा नं ३ का रुपक अर्याल, धन कुमारी तमाङ्ग, तारासिंङ्ग तमाङ्ग, नीर माया तामाङ, ठुली तमाङ्ग,कान्छी तमाङ्ग, सानु तमाङ्ग ,रहेका छन् । दुई जना रुपक अर्याल र निरमाया तमाङ्गको काठमाडौ किर्तिपुर अस्पतालमा उपचार भैरहेको र ५ जनाको थाक्रे गाउपालिका वडा नं ३ स्वास्थ्य चौकिमा उपचार भै रहेको  छ । दुर्घटना चट्याङले विद्युत सट हुदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । त्यसका लागि थप अनुसन्धान भै रहेको प्रहरीले वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *