आइसिपीमा भाडामा कोठा लिन पाउने

बिराटनगर :
बिराटनगरको आइसिमा केहि दिन अघि निकालेको बिना मितिको सुचनालाई रद्ध गदै पुन अर्को नयाँ सुचना ट्रान्स नेपालले निकालेको छ ।

भन्सार एजेन्ट संघलाई कार्यालय संञ्चालनका लागी भन्दै दिएको दुइवटा हल अपुग भएपछि थप कोठाको माघ भइआएको थियो । सोहि माग लाई पुरा गर्नका लागी केहि दिन अघि डिस्पेन्सरी सहित भाडामा लगाउने भन्दै सुचना निस्कदा चौतर्फी बिवाद भएको थियो । सोहि बिवाद पछि उक्त सुचना खारेज गर्दै नयाँ सुचना ट्रान्स नेपालले निकालेको हो । ५ हजार देखि १० हजार सम्मका कोठा भाडामा लिनका लागी भन्सार एजेन्ट हरुले पाउने छन् । भन्सार एजेन्टको कार्यालय संञ्चालनका लागी ट्रान्स नेपालले उक्त कोठाहरु भाडामा लगाउने निर्णय गरेको हो । सुचना निस्किएको ७ दिन भित्र आवेद दिई कोठा भाडामा लिन पाउने ब्यवस्था रहेको ट्रान्स नेपालका प्रवन्धक गणेश प्रसाद घिमिरे ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *