स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि

काठमाडौं : चिकित्सक र स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ‘केएमसी’को सबै सेवा ठप्प भएको छ । अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ अन्य बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पतालले सेवा बन्द गरेको हो

अस्पतालमा उपचारका लागि गएका विरामीवाट स्वास्थ्यकर्मीमा कोरोना संक्रमण सरेको देखिएपछि अस्पतालले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सुचना प्रकाशित गरेर जानकारी दिएको छ ।

अस्पतालवाट दिइने आकस्मिक लगायतका सबै विभाग निर्मलीकरण गर्नुपर्ने भएकाले तत्काललाई सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । बिरामी र स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणको जोखिम नहोस भनेर यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ ।

देशभर हालसम्म २० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमितमध्ये पाँच जना निको भइसकेका छन् । हालसम्म काठमाडौं ५, धनकुटा ४, दाङमा २, सप्तरी २, बाँके, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही, रौतहट र धनुषामा एक/एक जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *