सञ्चारकर्मीहरुको कोरोना बीमा 

धनकुटा : फ्रन्टलाईनमा काम गर्ने सञ्चारकर्मीहरुको कोरोना बीमा  भएको छ । सो बीमा नेपाल पत्रकार महासंंघ धनकुटा शाखाको अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको आग्रहमा स्थानीय जनज्योती बचत तथा ऋण सहकारी संस्थाले गरिदिएको हो ।
अहिलेको कोरोना भाईरसको महामारीको समयमा जीवनलाई नै जोखिममा राखेर फ्रन्टलाईनमा काम गरिरहेका जिल्लाका ३३ जना सञ्चारकर्मीहरुको सहकारी संस्थाले एनएलजी इन्स्योरेन्स कम्पनीमा कोरोना बीमा गरिदिएको हो ।

एक कार्यक्रमका वीच बीमा अभिलेख सो सहकारी संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले महासंघका उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, प्रदेश सदस्य सन्तोष रुचाल, शाखा सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, फोनिजका अध्यक्ष सन्तवीर लामा, पत्रकारहरु पूर्ण चौधरी, सरिता बराईली राई, इश्वर थापालगायतको उपस्थितिमा रहेको थियो । यस्तै सहकारी संस्थाका अध्यक्ष विकास घिमिरे, कोषाध्यक्ष मञ्जु आर्चाय र एनएलली इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका प्रमुख सन्तोष राईको उपस्थिति थियो ।

सो अवसरमा संचारकर्मीहरुले कोरोना बीमा गरी संकटको घडिमा सहयोग गरिदिएको भन्दै जनज्योती बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि आपतविपतमा सहयोग प्राप्त हुने विश्वास भएको बताए ।
सो अवसरमा सहकारी संस्थाका अध्यक्ष विकास घिमिरेले संस्थाले महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सल्लाहमा संचारकर्मीहरुलाई सहयोग गरेको जानकारी दिदै यो अवसर दिएकोमा अत्यन्तै खुशी लागेको बताए । उनले आगामी दिनमा पनि महासंघलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस भन्दा अघि धनकुटाका संचारकर्मीहरु र मिडिया हाउसहरुलाई धनकुटा उद्योग बाणिज्य संघले स्वास्थ्य तथा सुरक्षित सामग्रीहरु र पूर्वमन्त्री सुनिलबहादुर थापाले नगद २६ हजार आर्थिक सहयोग प्रदान गरेका थिए । यस्तै सुरक्षित सामग्री पत्रकार महासंघ प्रदेश कार्य समिति, प्रेस युनियन सुनसरी शाखा र प्रेस संगठन धनकुटाले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *