असार १५ देखि दैनिक १० हजार पीसीआर परीक्षण गरिने

बिराटनगर:-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि भएको खर्च पारदर्शी भएको दाबी गरेका छन । संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै उनले कोरोना नियन्त्रणका लागि भएको दश अर्ब खर्च व्यवस्थित रुपमा भएको र त्यसको विवरण बुझाउन तयार रहेको बताएका हुन । खर्च भएको रकम जुनसुकै बेला प्रक्रिया पु¥याएर हेर्न सकिने उनको भनाइ छ ।

मन्त्री ढकालले असार १५ गतेसम्म दैनिक दश हजार पिसिआर रिपोर्ट दिनसक्ने गरी तयारी भइरहेको पनि संसदलाई जानकारी दिए । अहिले दैनिक चार हजारसम्म रिपोर्ट आइरहेको र सातै प्रदेशमा परिक्षणका लागि मेसिन खरिद प्रक्रिया अघि बढेको उल्लेख गरे ।
मन्त्री ढकालले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबिसमेत गरे। उनले केही दिनमा परीक्षणमा भुटानभन्दा राम्रो हुने उल्लेख गरे । उनले आरडिटी परिक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको जानकारी संसदलाई गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *