रसियाको एक अस्पतालका चिकित्सकसहित सबै कर्मचारी र बिरामीमा कोरोना संक्रमण

बिराटनगर:-रसियाको एक अस्पतालका रहेका कर्मचारी तथा बिरामी गरी ७ सय जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिटर्सबर्गस्थित भ्रेडन अस्पतालका चिकित्सकसहित सबै कर्मचारी र बिरामीमा संक्रमण देखिएको हो । अप्रिलको सुरुमा एकजना निमोनियाका विरामीमार्फत अस्पतालका सबैमा संक्रमण फैलिएको हो । विरामीलाई संक्रमण पुष्टि भए लगत्तै अस्पताललाई क्वारेन्टिनमा परिणत गरेपछि संक्रमण सबैमा फैलिएको हो । पाँच साताका लागि क्वारेन्टिनमा राखिएका सबैमा संक्रमण पुष्टि भएको हो । संक्रमणवाट अस्पतालका दुई चिकित्सक र दुई विरामीको मृत्यु भएको छ । तर रुसले अस्पतालमा देखिएको संक्रमण र मृतकको विवरण सार्वजनिक गरेको छैन । विरामी र कर्मचारीले संक्रमणको विवरण सामाजिक सञ्जालमा शेयर गरेपछि अस्पतालका सबै संक्रमित भएको जानकारी बाहिर आएको हो । हाडजोर्नी र दुर्घटना वा कुनै हिंसामा घाइते भएकाहरूको उपचार हुने अस्पतालमा संक्रमण फैलिएको हो । अस्पतालमा ४ सय ७४ बिरामी र २ सय ३९ कर्मचारीहरू कार्यरत रहेको बतार्ईएको छ । पछिल्ला दिनमा रुसमा संक्रमण तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा रुसमा ९ हजार नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा १ सय ३४ जनाको मृत्यु भएको छ । रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ५ हजार ८ सय ५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *