मक्कैको खेती बाट लागुऔषध बरामद

बिराटनगर / बैशाख १२
सशस्त्रले दरैया को सिमावर्ति इलाका बाट लागु औषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी बाट खटिएको स.प्र.ना.नि मिन बहादुर दर्जी को नेतृत्वमा खटेको टोलीले दूरबीन बाट निगरानी गरिरहेको बेला आज २ बजेको समयमा मक्कैको खेती को बाटो भएर भारत बाट नेपाल प्रवेश गर्न खोजेको एउटा संकास्पद व्यक्तिलाई देखेर सशस्त्र प्रहरीले पक्राउ गर्न खोजेको थियो ।
सशस्त्र प्रहरीको टोलीले दुई तिरबाट घेरेर सो व्यक्तिलाई समाउन खोज्दा उक्त संकास्पद व्यक्ति भारत तर्फ भाग्न सफल भएको र त्यो व्यक्ति संग रहेको झोला त्यहि मक्कै खेतीमा अल्झेर छुटेको थियो । सशस्त्र प्रहरीहरु त्यो व्यक्तिलाई लखेटेर फ़र्किरहेको अवस्थामा झोला फेलापारेको र झोला भित्र खोज तलास गर्दा आठ सय ६४ थान स्पासमोक्स प्लस नामको लागुऔषधको क्यापसुल फेला परेको छ ।
यसरी ठुलो परिमाणमा लागुऔषध भेटिएपछी सशस्त्र प्रहरीले तुरुन्त भारतीय सुरक्षा बल एस.एस.बी लाई समेत उक्त व्यक्तिको हुलिया टिपाई पक्राउ गरी कार्वाही गर्न अनुरोध गरेको छ ।
बरामद भएको लागुऔषध आवश्यक कर्वाहीको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *