क्वारेन्टिन बसेर फर्केका नेपालीहरु फर्के लगत्तै पुन क्वारेन्टिन बस्न बाध्य

भारतको नौतनहवामा २४ दिन क्वारेन्टिन बसेर फर्केका नेपालीहरु फर्के लगत्तै पनि पुन क्वारेन्टिन बस्न बाध्य भएका छन । शुक्रबार सुनौती नाका हुँदै नेपाल भित्रिएका मजदुरहरु प्रदेश र स्थानीय सरकारको बेवास्ताका कारण नेपाल प्रवेशपछि पुन रुपन्देहीको तिलोत्तमास्थित क्वारेन्टिनमा बस्न बाध्य भएका हुन । नेपाल भित्रिए लगत्तै सबन्धित स्थानीय तहले जिम्मा नलिएपछि १० जनालाई स्वास्थ्य परीक्षणपछि पुन क्वारेन्टिनमै राखिएको हो ।
स्वदेश फर्के लगत्तैपनि क्वारेन्टिनमा बस्न बाध्य हुनेमा वाग्लुङ, धादिङ, जाजरकोट स्याङजा, खोटाङ र मोरङ लगायतका जिल्लाका बासिन्दा छन् । उनीहरुले आफुहरुलाई घर फर्कने बाताबरण बनाइदिन अनुरोध गरेका छन ।

क्वारेन्टिनमा बस्न बाध्य हुनेहरु भारतको दिल्ली, हरियाणा, गाजियावाद लगायतका ठाउँबाट फर्केका हुन । सीमा नाका बन्द भएका कारण उनीहरुलाई २४ दिनअघि नेपाल भारत सिमाको ईन्टर कलेज नौतनहवा क्वारेन्टाइनमा राखिएको थियो । सो क्वारेन्टिनमा रहेका करिव १ सय नेपाली हिजो स्वदेश फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *