ज्यान गुमाउनेको संख्या २ लाख ४ सय ३०

बैशाख । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४ सय ३० पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ लाख ६७ हजार ९८४ पुगिसकेको छ, भने ८ लाख १९ हजार ३१० जना निको भइसकेका छन् ।

यसैबीच, १० लाख १९ हजार ७४० वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १८ लाख ४८ हजार २४४ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार बनाउँदासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५२ हजार ८४३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख २९ हजार ८४१ पुगेको छ । जसमध्ये १ लाख १० हजार ५०४ जना निको भइसकेका छन् ।

त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ३८४ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६३ हजार १२० पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २२ हजार ९०२ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख २३ हजार ७५९ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ९५ हजार ७०८ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८२८ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार २४५ को ज्यान गएको छ । यसैबीच ४३ हजार ४९३ निको भएर फर्किएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ३१९ पुगेको छ, भने १ लाख ४८ हजार ३७७ जना संक्रमित छन् ।

त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म १२ जना निको भइसकेका छन्, भने बाँकी ३७ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *