(राप्रपा) ले पार्टी एकीकरण पश्चात पूर्णता पाएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरण पश्चात बिहीबार पूर्णता पाएको छ । राप्रपाले विधान अनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको जनाएको छ ।
सो पार्टीले केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरेको छ । त्यस्तै ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको राप्रपामा १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ ।
पूर्णता पाएको राप्रपामा मोरङबाट जना केन्द्रीय सदस्य चयन भएका छन् । मोरङका केदार कोइराला, रामकृष्ण भट्टराई, शयन्द्रा वान्तवा, प्रल्हादप्रसाद साह, विश्वमोहन थापा, नरेश राई, गोपाल दाहाल र दिनेश साह केन्द्रीय सदस्यमा चयन भएका छन् ।
राप्रपाको उच्चस्तरीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उक्त समितिको अध्यक्षमा विश्वबन्धु थापा रहेका छन् भने पूर्व प्रधानमन्त्री लोकन्द्रवहादुर चन्दलाई केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्यको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *