लकडाउन अरु एक साता बढाउनुपर्ने सरकारलाई सिफारिस

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन अरु एक साता बढाउनुपर्ने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

शनिबार बसेको उच्चस्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने वा नवनाउने भन्ने निर्णय गर्न नसकेपछि के गर्ने भन्नेबारे निर्क्यौल गर्न मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको थियो ।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने कार्यदलको निश्कर्ष रहेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै कम्तिमा अरु एक साता लकडाउनलाई निरन्तरता दिन कार्यदलले सिफारिस गरेको हो ।

यसबारे अन्तिम निर्णय भने अब बस्ने मन्त्रीपरिषद् बैठकले गर्नेछ ।

यसअघि शनिवार बसेको उच्चस्तरीय समितिको बैठकमा भने हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको छलफल पछि ति जिल्लाका लागि केही निर्णय गर्न सकिनेबारे पनि छलफल भएको छ ।

सरकारले नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *