हतियार खोस्न खोजेपछी एक भारतीयको मृत्यु

सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछी भएको झडपमा सर्लाहीको सीमाक्षेत्रमा एक भारतीयको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको थियो।

झडपमा सशस्त्रको गोली लागेर एक जनाको मृत्यु भएको भारतीय मिडियाले दाबी गरेको छ। भारतीय समाचार संस्था एएनआइले सीमा सुरक्षा बलका बिहारका आइजी संजय कुमारलाई उद्धृत गर्दै सशस्त्रको गोली लागेर २५ वर्षीय दिकेशकुमारको मृत्यु भएको दाबी गरेको छ। तर यस बारेमा सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने औपचारिक जानकारी नआएको बताएका छन्।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *