राष्ट्रियता एकलौटी हुनसक्दैन

काठमाडौं : समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजको प्रस्ताव महत्त्वपूर्ण भएको बताएका छन् । सयौं हजारौं पटक बैठक बसेको छ तर आजको बैठकलाई जनताले टकटकी लगाएर हेरिरहेका उनले बताए । ‘आज राजनीतिक दलले के भन्दैछन् भनेर जनताको ध्यान छ’, उनले भने, ‘आजको बैठक ऐतिहासिक हो ।’आजबाट राष्ट्रियता एकता र राष्ट्रियताको नयाँ व्याख्या गर्नु जरुरी भएको उनले बताए । ‘राष्ट्रियताको सवाल पनि एकलौटी छ । त्यो मधेसीले पनि राष्ट्रियताको कुरा गर्छ र भनिन्छ । राष्ट्रियता एकलौटी हुनसक्दैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *