थप दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि

रगञ्जमा थप दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी दुई कोरोना संक्रमण हुने नयाँ बिरामी हुन । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार बिज्ञप्ति जारी गर्दै पर्सा बीरगञ्जमा नयाँ रोगी फेला परेको जनाएको छ । मन्त्रलायका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले दुबै बीरगञ्ज निवासी भएको र उनीहरुको उमेर ५० बर्षको भएको उल्लेख गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमित दुबैजना पुरुष हुन । उनीहरु आयुसेलसनमा रहेको र उनीहरुको स्वास्थ्य अबस्था राम्रो रहेको जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण भएका १२ जना डिस्चार्ज भईसकेको समेत जनाएको छ ।
गत चैत ३० गते वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएको थियो । ती मध्ये दुई जनाको नतिजा पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *