नेपालमा आश्रीतहरुलाई औषधी अभाव

इटहरी । विभिन्न कारणले सडकमा भौतारिदै जीवन गुजारी रहेकाहरुलाई पारिवारीक वातारणमा संक्षरण गर्दै आएको सुनसरीको इटहरी २ मा रहेको मायाघर नेपालमा आश्रीतहरुलाई लकडाउनको समयमा औषधी अभाव हुन थालेको छ ।
माया घरमा आश्रय लिदै आएकाहरु मध्ये केही मानसीक रोगी लगायतलाई आवश्यक पर्ने औषधिहरु अभाव हुन थालेको वताइएको हो ।
आश्रय विहीनहरुलाई संरक्षण दिदै आएको माया घर नेपालमा आश्रीतहरुका लागि लकडाउनको समयमा समेत सुरक्षीत तरिकाले संरक्षण गरिदै आएपनि औषधि भने अभाव हुदै आएको माया घर नेपालकी संस्थापक उपाध्यक्ष सुमि थापाले वताइन । उनले माया घरमा दाताहरुले खाद्यान्न सहयोग गरि रहेपनि औषधि भने अभाव हुन थालेको भन्दै दाताहरुलाई औषधि सहयोग गर्न समेत आग्रह गरिन ।
माया घरमा आश्रय लिदै आएकाहरुलाई लकडाउनको समयमा समेत स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै संरक्षण दिदै आएको समय समयमा मनोसामाजिक परार्मशका साथै मनोरञ्जनका गतिविधिहरु गराएर राखिएको सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन ।
कोरोनाको संत्रास फैलन थालेपछि माया घर नेपालमा नेपाली सेनाले उपलव्ध गराएको टेन्टमा एउटामा तीन जनामा मात्र वस्ने गरी व्यवस्था मिलाइएको समेत जनाइएको छ । माया घर नेपालमा सडक क्षेत्रबाट उद्धार गरिएका सा साना बच्चाहरु सहित ४० भन्दा वढी मानिसहरुले आश्रय लिदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *