बजार खुलेसंगै यामाहाले ल्यायो नयाँ अफर

बिराटनगर:- लगभग ३ महिना लामो बन्दाबन्दी पछि बजार खुल्न थालेसँगै यामाहा कम्पनीले नयाँ योजना अगाडि ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना अगाडि ल्याएको छ ।

संगठित क्षेत्रमा काम गर्ने मानिस जो संग डाउन पेमेन्ट गर्न रकम हुदैन यस योजना अन्र्तगत ३ वर्ष भित्र रकम तिर्नेगरी सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल लिन सक्नेछन् ।

एक वर्ष भित्र मूल्य चुक्ता गर्ने गरी कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुका लागि शुन्य प्रतिशत ब्याजदरमा बाइक वा स्कुटर उपलब्ध गर्ने कम्पनीले जनाएको छ ।

पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद छुट योजना अन्तर्गतनगद १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

अफर  र किस्ता यस्तो :

कम्पनीले सार्वजनिक गरेको यो योजनामा ग्राहकले यामाहाको चर्चित एफजेडएस भी थ्रि खरिद गर्दा तीन मध्ये आफुलाई सहज हुने योजना छनोट गर्न सक्नेछन् ।

शून्य प्रतिशत डाउन पेमेन्ट:

यामाहा एफजेडएस भी ३ को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । शुन्य प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा ३ बर्षसम्ममा सबै रकम चुक्ता गर्नु पर्ने छ । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले मासिक ११ हजार ४०६ रुपैयाँ किस्ता तिर्नु पर्छ ।

१० प्रतिशत र २५ प्रतिशत डाउनपेमेन्ट:

यो योजनामा सम्बन्धीत स्थानको स्थाइ बासिन्दाले १० प्रतिशत र अस्थाइ बासिन्दाले २५ प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् । १० प्रतिशत डाउन पेमेन्ट गर्दा ३६ महिना र २५ प्रतिशत डाउन पेमेन्ट गर्दा ३० महिनाको अवधिमा किस्ता तिनु पर्नेछ ।
१० प्रतिशतमा ३१ हजार ९९० रुपैयाँ डाउन पेमेन्ट गरेर पहिला बर्ष मासिक १२ हजार ४२ रुपैयाँ र बाँकी २ वर्ष मासिक ९ हजार १२४ रुपैयाँ तिर्नु पर्छ । २५ प्रतिशत डाउन पेमेन्टमा ७९ हजार ९७५ रुपैयाँ बुझाएर ९ हजार ७५६ रुपैयाँका दरले ३० महिना किस्ता तिर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *