निखिल राउत(बिबेक) सप्तरी :
सप्तरीको रुपनी गाउँपालीका का वडा १ अध्यक्षले पटक पटक राहत दिने भन्दै स्थानियलाई बोलाएर राहत नदिदा स्थानिय भोको पेटमा बस्न बाध्य भएका छने बिगत एक महिना यता लामो लकडाउनका कारण सप्तरीको रुपनीमा पनी खाद्यान्न अभाव भएको छ । पहुँच वालाहरुको घरमा राहत पुगेको र अति निम्न परीवारमा राहत नपुगेका कारण दैनिकि कष्टकर बन्न पुगेको हो ।
वाडा अध्यक्षले कार्यलयको अगाडि दिनको दुई पट्क वाडा कार्यालय अगाडि बोलाएर राहत नदिएको स्थानिय स्थानिय पिडितले बताए ।
पहिलो चरणको राहत बितरण अहिले सम्म पनी नदिएको भन्दै वडा अध्यक्षले राहतमा समेत भ्रष्टाचार गरेको स्थानियको दावी थियो । राहत बितरणका लागी तिनदिने टेण्डर निकालेतापनी १० दिन बितीसक्दा समेत राहत बितरणमा सहजता आउन सकेको छैन ।
Comments