भर्चुअल कन्सर्टमा प्रस्तुति दिदै दिवेश पोखरेल ‘आर्थर गन’

बिराटनगर;-अमेरिकन आइडलबाट चर्चामा आएका नेपाली मुलका गायक संगितकार दिवेश पोखरेल अर्थात् ‘आर्थर गन’ले भर्चुअल कन्सर्टमा प्रस्तुति दिने भएका छन् । अमेरिकी दुतावासको आयोजनामा जुन १९ अर्थात असार ५ गते ६ बजे साँझ हुन लागेको भर्चुअल कन्सर्टमा गायक पोखरेलले प्रस्तुति दिने भएका छन् ।

भर्चुअल कन्सर्टको बारे जानकारी गराउँदै सामाजिक संजालमा दिबेशले राखेको भिडियोमा सहमति जनाउँदै आर्थर गनले पनि प्रस्तुति दिने भन्दै दुतावासले लेखेको छ– ‘तपाईंले भन्नुभयो, हामीले मान्यौं।’

भर्चुअल कन्सर्टमा दिवेश पोखरेल ‘आर्थर गन’ लगायत स्वप्न सुमन, तृष्णा गुरुङ तथा समृद्धि राइले पनि आफ्नो प्रस्तुति दिनेछन् ।कार्यक्रममा प्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ्ग र डा अरुणा उप्रेतीले पनि राजदूत बेरीसँगै आफ्नो सन्देश दिने दुतावासले जनाएको छ ।

अमेरिकन आइडलको १८ औं सिजनकी को उप बिजेता पोखरेल सन् २०१४ मा प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए । उनी कन्सासको विचिटामा परिवार सहित बस्दै आएका छन् । सानै उमेर देखि संगित र गायनमा रुची राख्ने दिवेशले सन् २०१९ मा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् । केही गीतलाइ दर्शक श्रोताले अत्याधिक रुचाएका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *