उपचारमा बेवास्ता गरिएको भन्दै स्याङ्जाको कालिका अस्पतालका कोरोना संक्रमितहरु आन्दोलनमा

बिराटनगर: -स्याङ्जामा कोरोना भाइरस संक्रमण पुष्टि भएर कालिका अस्पताल हेलुमा राखिएकाहरुले उपचारमा बेवास्ता गरेको भन्दै आन्दोलन थालेका छन् । भीरकोटको कालिका सामुदायिक आइसोलेशन अस्पतालमा रहेका गल्याङबासीहरुले आन्दोलन गरेका हुन् ।

आइसोलेसनमा उपलब्ध गराईको खाना तथा पानी शुद्ध नभएको र उपचारमा बेवास्ता गरिएको उनीहरुको आरोप छ । संक्रमीत भएर अस्पतालमा बसेदेखि चिकित्सकहरुले चेकजाँच समेत नगरेको उनीहरुको गुनासो छ । अत्यावश्यक लत्ताकपडा र औषधि समेत नपाएको पनि संक्रमितले बताएका छन । अस्पतालले भने सरकारले तोके अनुसार नै सेवा सुबिधा दिइरहेको दावी गरेको छ ।

यसअघि गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहँदा पनि संक्रमितहरुले पानीको विषयमा आन्दोलन गरेका थिए । कालिका सामुदायिक अस्पताल हेलुमा अहिले ५१ जना संक्रमित आइसोलेसनमा छन् । स्याङजामा सात जना संक्रमित निको भएर घर फर्केका छन । एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *