मलेसिया : सशस्त्र समूहले मलेसियाको जोहोर बहरु राज्यको पसीर गुदाबलनमा मलेशियामा रहेका युवा नेपाली आप्रवासी कामदारहरूलाई हमला भएको छ । हमलामा परी ८ नेपालीको ज्यान गएको मलेसीया न्यूज एजेन्सीले जनाएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
नेपाली र मलेशियन युवाहरू बीचको चर्को विवाद पछि झडप भएको थियो । स्थानीय युवाहरूले नेपाली आप्रवासी कामदारहरूको कम्पनी होस्टलमा प्रवेश गरे र उनीहरूलाई धारिलो हतियारले हमला गरको जनाएको छ । घटना स्थल राजधानी क्वालालंपुरको पश्चिम मा रहेको छ ।
मलेसियामा परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले घटनाको पुष्टि गरेको छैन।परराष्ट्र मन्त्रालयले मलेसियाका कार्यवाहक दूत लेखनाथ भट्टराईलाई मलेसियाको विदेश मन्त्रालयमा घटनाको बारेमा जानकारी लिन पठाएको छ।
१८ जना नेपाली भएको स्थानमा घटना भएको भनिए पनि उपचार भैरहेकोे अस्पतालमा दुईजना मात्र नेपालीलाई भेट्टाए भएको बताएको छ । घाइतेमध्ये एक जना नुवाकोटका राजु विश्वकर्मा र अन्य तराईका हुन् ।
यसैबीच काठमाडौंस्थित नेपाल वैदेशिक रोजगार संघले नेपाली आप्रवासीको मृत्युको समाचार पुष्टि गरेको छैन। “नेपाली बीचको झडपमा दुई जना नेपाली घाइते भए तर कुनै व्यक्तिको मृत्यु भएको छैन“ महासचिव कमल तामाङले बताए उनले भने, “मलेसियामा अवैध रूपमा बसोबास गर्ने नेपालीहरूले मलेसियाली युवाहरूको सहयोगमा कानुनी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई आक्रमण गरेका थिए।”
Comments