बिश्वलाइ बेग्लै अनि नया दिशामा मोडन बाध्य बनाएको कोरोना भाइरसको महामारीले सम्पूर्ण जगतमा अहिले सम्मको ठुलो चर्चाको बिषय बन्न पुग्यो । लकडाउन संगै सामाजिक दुरी अनि सबै आ-आफ्नै ठाउँमा थुनिएर बस्नु पर्ने बाध्यतालाइ प्रबिधिको पहुचले डिजिटल संसारमा पुरै विश्वलाइ एक कुनामा बस्ने युजरले अर्को कुनामा बस्ने युजर संग अनलाइन मार्फत कुराकानी गर्ने, भिडियो कॉन्फ्रेन्सिंग गर्ने, अनलाइन मार्फत खाद्यान्न सामग्री अर्डर गर्ने, अनलाइन बैंकिंग हुदै अनलाइन मार्फत कक्षा संचालन गर्न थालियो ।
अनलाइन क्लास, अनलाइन एजुकेशन आदि विभिन्न नाम दिदै शैक्षिक संस्थाहरुले यसलाई परिमार्जित रुपमा अङ्गीकार गर्दै लागेको पाइयो । समग्रमा भन्दा अनलाइन शिक्षा हिजोको दिनमै संचलान गर्नु पर्ने बिषय थियो तर बाध्यताले गर्दा प्राथमिकता अहिले मात्र पायो ।
गुगल क्लास रुम, माइक्रोसफ्ट एजुकेशन, मुडल आदि जस्ता सफटवेयर मार्फत ब्राउजर वा कुनै सम्बन्दित सिस्टमबाट क्लास संचालन गर्न सकिन्छ ।
थोरै मात्र वा भनौ गनिने चुनिने शैक्षिक संस्थाहरुले मात्र अनलाइन शिक्षालाई प्रयोग गरिरहेका थिए । स्मरण रहोस, स्कुल कलेज अनि विभिन्न शैक्षिक संस्थाहरुले सफटवेयरको प्रयोग बर्षौ देखि गर्दै आए पनि अनलाइन शिक्षाले तेती प्राथमिकता भने पाएको थिएन ।
अनलाइन क्लास र भिडियोबाट गरिने भिडियो कॉन्फ्रेन्सिंगमा फरक भने ठुलै छ । जुम, ईस्काईप, गुगल मिटबाट या अन्य कुनै मध्यम बाट गरिने भिडियो कॉन्फ्रेन्सिंग क्लास खासैमा अनलाइन क्लास भने हैन । त्यो एउटा बिसुद्द भिडियोबाट गरिएको कॉन्फ्रेन्सिंग मात्र हो । अनलाइन क्लासमा कोर्स बनाउने, ग्रेडिंग गर्ने, मार्क्स दिने, बिद्यार्थीलाइ क्लासमा समायोजन गर्ने, बिद्यार्थीको अविभावकलाइ समेत समेटेर बिद्यार्थीले त्यो क्लासमा के कस्तो उपलब्धि हासिल गर्दै गरेको भनेर प्रस्ट हेर्न सकिन्छ ।
गुगल क्लास रुम, माइक्रोसफ्ट एजुकेशन, मुडल आदि जस्ता सफटवेयर मार्फत ब्राउजर वा कुनै सम्बन्दित सिस्टमबाट क्लास संचालन गर्न सकिन्छ । प्रबिधिको सहि प्रयोगले भविष्यमा आउने चुनौतीहरुलाइ पनि सामना गर्न मदद पुर्याउछ । अहिलेको समस्या भनेको अनलाइन क्लास मात्र हो तर भोलिको दिनमा डेटा भण्डारण, सेक्युरिटी, बिग डेटा म्यानेजमेन्ट आदि जस्तै विभिन्न समस्याहरु आउन सक्छन ।
सुचना प्रबिधि अनि प्रबिधि सम्पूर्ण कुरामा अग्रगामी रुपमा प्रयोगमा आउने भएकोले गर्दा प्रत्येक संस्था चाहे त्यो स्कुल कलेज वा अन्य जुन सुकै संस्था होस् तेस्तो संस्थाले जानकार र बिज्ञ सुचना प्रबिधि परामर्श दाताको निगरानीमा यस्ता काम गराउदा प्रबिधिको सहि प्रयोग गर्न सकिन्छ । अनलाइनमा विभिन्न यस्ता निशुल्क रुपमा पाउने तथा किन्नै पर्ने सफटवेयरहरु हुन्छन । जुन आवश्यकता अनुसार निशुल्क अनि केहि मासिक वा बार्षिक रकम तिरेर प्रयोगमा ल्याउन सकिन्छ ।
एउटा प्रबिधि अनि अर्को त्यसको प्रयोग । प्रविधिलाई प्रयोग गर्दै लैजाने हो भने अवश्य नै विकास हुन्छ । सफटवेयर कुनै जटिल कुरा नभइ कुनै पनि जटिल कुराहरुलाई सरल बनाउन प्रोग्रामिंग गरि बनाइएको एउटा एप्लिकेशन हो ।
यस्ता विभिन्न किसिमका प्रबिधिको ज्ञान भएमा मात्र वर्तमान परिस्थितिमा अनि भविश्यमा आउने समस्याबाट समाधान पाउन सकिन्छ । नत्र आज भिडियो कॉन्फ्रेन्सिंगलाई मात्र अनलाइन क्लास मान्ने हो भने आज नै जान्नु पर्ने अनि जानकारी लिनु पर्ने अनलाइन क्लासका सम्पूर्ण कुराहरु भोलिको दिनमा मात्र सिक्नु पर्ने हुन्छ जुन कुरालाई आजनै प्रयोगमा लिएर आउनु पर्ने हो ।
आजकाल प्रबिधिको प्रयोग प्राय जस्तो जुनैसुकै ठाउँमा भएको पाइन्छ । कम्प्युटरले धेरै कुराहरुलाई सजिलो बनाइदिएको छ । धेरै अगाडी ८/९/१० क्लासमा मात्र पुग्दा कम्प्युटर पढाई हुनेमा आजकल सानो क्लास देखिनै कम्प्युटर बिषय राखिएको हुन्छ । विकास र बिस्तारका दुईवटा पाटाहरु हुन्छन । एउटा प्रबिधि अनि अर्को त्यसको प्रयोग । प्रविधिलाई प्रयोग गर्दै लैजाने हो भने अवश्य नै विकास हुन्छ । सफटवेयर कुनै जटिल कुरा नभइ कुनै पनि जटिल कुराहरुलाई सरल बनाउन प्रोग्रामिंग गरि बनाइएको एउटा एप्लिकेशन हो । सफटवेयर लाई बिभिन्न ३ रुपमा परिभाषित गर्न सकिन्छ ।
एउटा डेस्कटप सफटवेयर, अर्को वेब बेस्ड सफटवेयर र अर्को मोबाईल एप्स बेस्ड सफटवेयर । जुन आफ्नो आवश्यकता अनुसार चलाउन सहज हुन्छा त्यसरी नै उपयोग गर्नु पर्छ । शिक्षामा पनि प्रबिधिको प्रयोग अनिवार्य रुपमा गर्नु पर्दछ, जसले गर्दा शैक्षिक संस्थाहरुलाई म्यानेज गर्न सजिलो हुन्छ । शैक्षिक संस्थामा बिभिन्न किसिमका प्रबिधिका कुराहरु कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराहरु तल उल्लेख गरिएको छ ।
आइटिसि समाचार बाट साभार
Comments