पर्वत पहिरो : पाँच दिनपछि भेटियो जेनिशको शव

बिराटनगर : -पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक किशोरको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।

योसँगै शनिवार गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बालकको खोजीका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको थियो । पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनाकुमारी थापा, छोरी ३४ वर्षीय दिपा थापा, नातिनी ११ वर्षीय बिबिसा थापा, नातिहरु १५ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो ।

यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका साथै ८ वर्षीया छोरी प्रमिशा विक र १४ वर्षीय छोरा जेनिश विकको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *