भक्तपुर पाँच तल्ले मन्दिर परिसरमा सेनिटाइज गरिँदै

बिराटनगर :- लकडाउन खुकुलो भएसँगै उपत्यकामा मानिसहरुको चहल पहल बढेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनलाई सरकारले परिमार्जन गर्दै केही खुकुलो बनाएको छ । जसअनुसार उपत्यकामा सबै किसिमका पसल, कार्यालयहरु खुलिसकेका छन् ।

मानिसहरुको चहल पहल बढेसँगै कोरोना संक्रमण अझै फैलिने हो कि भन्ने त्रास अझै सबैमा छ । सोही कुरालाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले त्यहाँस्थित पाँच तल्ले मन्दिर परिसरमा किटनाशक औषधि छर्किएको छ । मानिसहरु आवत जावत गरिरहने स्थान भएकाले संक्रमण नफैलियोस् भन्ने हेतुले सेनिटाइज गरिएको नगरपालिकाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *