हचुवाको भरमा खर्च गदै मिडियालाई छुट्याएको ५० लाख

सरकारले कोरोना को बिषयमा जनतालाई सुसुचित गर्न भन्दै ५० लाखको बजेट खर्च गर्दा यतिबेला प्रदेश एकमा ५० लाखले चर्चा पाएको छ । प्रदेश एक सरकाले मिडियाको लागी भन्दै ५० लाख रुपैया छुट्याएको थियो । तर दर्ता नै नगरेको मिडियाले रकम लगेपछि बिभिन्न क्षेत्रमा यसको चर्चा चुल्दिै गएको छ । ५० लाख बाट बिभिन्न अनलाइनलाई दिएको रकम कम बेसि भएपछि बिवाद निस्किएको हो । हाल उक्त ५० लाख बाट अनलाइन मिडियाको रकम लिनका लागी मात्रै २सय ५० वटा मिडियाको लिष्ट मन्त्रालयमा पुगेर रकम समेत पारीत भइसकेको छ ।
तर केहि मिडियाले १० हजार मात्र छुट्याएपछि पछि भित्रभित्रै मिलाउने खेल बिराटनगरमा यतिबेला देखिएको छ । त्यसोत प्रदेश एक सरकारले कोरोना भाइरको बिषयमा नागरीकलाई सु सुचित गर्न भन्दै बिज्ञापन दिने निर्णय गरेपछि बिभिन्न ब्याक्तिहरुले नयाँ नयाँ नाममा अनलाईन बनाएर बिज्ञापन बापतको रकम असुलेका छन् भने अझै नयाँ अनलाईनको नाम हरु मन्त्रालयमा जानक्रम जारी रहेको छ । प्रदेश सरकारले मिडियाको नामा छुट्याएको ५० लाख को हिसाब लिनेमा स्थानिय टेलिभिजन, पत्रीका, रेडियो साथै अनलाई मिडिया समेत रहेको छ । तर अनलाई मिडियाको नाममा भएको भुक्तानी भने सुचना बिभागमा दर्तानै नभएको मिडियाले समेत पाउँदा रकम हिनामिना भएको ठहर छ । यसलाई संम्बन्धीत निकायले समयमा ध्यान नदिने हो भने ५० लाखमा खर्च हुन बाँकि रहेको रकम समेत बालुवामा पानी हुने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *