८ करोड ३४ लाख भ्रष्टाचार फेरी स्वास्थ्य सामग्री ! हेर्नुहोस् भिडियो

बिराटनगर :- ओम्नी गु्रपलाई स्वास्थ्य सामग्री खरिद गर्न दिएर अनियमितता गरेको स्वास्थ्य सेवा विभागले फेरी अर्को विवादास्पद निर्णय गरेको छ । कानुनी प्रावधानको ठाडो उल्लघंन गर्दै विभागले बढी मुल्य प्रस्ताव गर्ने कम्पनीलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा दिएको छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गर्दै आएको स्वास्थ्य सेवा विभागले पुन करोडौं रुपियाँ अनियमितता हुने गरी निर्णय गरेको छ । विभागले अहिले ५१ करोड ८३ लाख रुपैयाँ मुल्यको सामग्री दुई चरणमा खरिद गर्न लागेको छ । त्यसका लागि स्वास्थ्य विभागले आह्वान गरेको बोलपत्रमा कम मूल्य प्रस्ताव गर्ने कम्पनीभन्दा ८ करोड ३४ लाख रुपैयाँ बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सामग्री खरिद गर्ने जिम्मा दिएको छ । सार्वजनिक खरिद ऐनको ठाडो उल्लघंन गरी बढी मूल्य प्रस्ताव गर्ने कम्पनीलाई सामग्री खरिद गर्न किन दिएको भन्ने हाम्रो प्रश्नमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर रमेशकुमार खनाल जवाफ नदिइ पन्छिए ।

स्वास्थ्य सेवा विभागले एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्रयाक्सन किट खरिद गर्न ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिएको छ । प्रतिस्पर्धामा रहेका अन्य ११ कम्पनीले ओम सर्जिकलभन्दा सस्तोमा किट उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *