१२० जनामा कर्णालीमा कोरोना पुष्टि, ८६ जना दैलेखका

बिराटनगर ;-कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ गरी कूल १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका–२ मा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।डा.तिवारीका अनुसार गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई÷दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई/दुई र सिम्ता गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको उनको भनाइ छ ।

महाशाखा प्रमुख डा.तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या एक हजार २२४ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको सङ्ख्या ५०५ पुगेको छ । बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *