राष्ट्रपतिले प्रमाणिकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक

बिराटनगर ;-राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छन्।

दुबै सदनबाट  सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणिरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ। उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *