सुर्खेतको जनकल्याण सामुदायिक वनमा काठ तस्करी, वन कार्यालय मौन

बिराटनगर: -डिभिजन वन कार्यालय सुर्खेतको उदासिनताको कारण सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा अवैद्ध रुपमा काटिएका रुखहरु गायब भएका छन् । जनजागृति मावि देखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घटको ठुलेखोला क्षेत्रमा भएका गोलीया र चिरान काठहरु लुकाउन जनकल्याण सामुदायिक वनका पदाधिकारीहरुनै लागेको स्थानियले बताएका छन् ।

ठुलो संख्यामा कटान गरिएका काठहरु अहिले सामुदायिक वनका पदाधिकारीहरुले नै लुकाउने गरेका छन् । स्थानीयले डिभिजन वन कार्यलय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहललाई यसबारेमा पटक पटक वन विनासभएको जानकारी गराउदा पनि कुनै प्रतिकृया नजाएको बताएको छ ।

उनीहरुले सामुदायिक वनका पदाधिकारीलाई कारवाही गर्न डिभिजनलाई जानकारी गराउँदा पनि वनले कुनै चासो नदिएकाले डिभिजन वन कार्यालय सुर्खेतप्रति नै प्रश्न चिन्न उत्पन्न भएको छ । स्थानीयले परिणम भन्दा धेरै काठ कटान गरिएको भन्दै यसअघि कटान गरेर घाड्गदी भएका काठको पुन नापजाचँ गर्नुपर्ने माग गरेका छन् ।

सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएका छन् । जनकल्याण सामुदायिक वन वन ऐन नियम विपरीत रुखहरु कटाई गर्ने र जग्गा अतिक्रमण गरेको पाइएको वनले बताएपनि कारवाहीको लागी कुनै पहल गरेको छैन ।

यस्तै दमारे विधालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ । अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानीयहरुले बताएका छन् ।

यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालसँग यसबारे जानकारी लिन खोज्दा उनि सम्पर्कमा हुन सकेन । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख दाहल सुर्खेत आएदेखि वनमा फडानी, अवैध काठ ओसारपसारका घटना वृद्धि भइरहेको स्थानीयहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *