शहीदगेटमा लम्पसार परेर प्रदर्शन : ‘बेसार प्यार प्यार, काम कहिले सरकार ?

बिराटनगर  : कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार असफल भएको आरोप लगाउँदै युवाहरुले काठमाडौंको शहीदगेटमा विरोध प्रदर्शन गरेका छन् ।

आरडीटी परीक्षण रोक्नुपर्ने, पीसीआर परीक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब देखाउनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले बेसार प्यार प्यार, काम कहिले सरकार, माफ गर्नुहोला हाम्रा नेताहरु देश बेच्नमा व्यस्त छन्, सरकारले सुल्टो भन्दा नसुनेकोले उल्टो परेको, इनफ इज इनफलगायतका नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

भ्रष्टाचार र अनियमितता रोक्न माग गर्दै यसअघि युवाहरुले बालुवाटार, नक्साल, माइतीघरलगायत देशका विभिन्न स्थानमा विरोध गर्दै आएका छन् ।

प्रदर्शनकारीले अन्तिमा राष्ट्रियगान बजाएपछि सुरक्षाकर्मीले स्यालुट समेत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *