भारत–चीन विवादबारे बोल्यो नेपाल, विवादको शान्तिपूर्ण समाधान खोजिनेमा विश्वास

बिराटनगर;- भारत र चीनबीच गलवान उपत्यकामा निम्तिएको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ । क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियो रुपमा उभिएको छ । गलवान उपत्यका क्षेत्रमा हाम्रा दुई छिमेकी भारत र चीनबीच भइरहेको पछिल्लो विकासबारे नेपाल विश्वस्त छ कि दुई छिमेकी देशले असल छिमेकीको भावनाले आपसी भिन्नतालाई शान्तिपूर्ण ढंगले दुई पक्षीय रुपमा समाधान गर्नेछन् र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरता स्थापित गर्नेछन् ।’यसअघि गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप  हुँदा २० भारतीय सैनिक मारिएका थिए । चीनतर्फ पनि ठूलो संख्यामा सैन्य क्षति भएको दाबी भारतीय सञ्चारमाध्यमले गरेपनि यस विषयमा चीनले केही बोलेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *