कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

बिराटनगर :- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गत जेठ ३१ र ३२ गते देखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिनमा राखिएका ४२ जनामध्ये ५ जनालाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालले जनाएको छ । संक्रमित सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *