कोरोना संक्रमणका कारण अलपत्र नेपालीको उद्धार जारी, आज सात सय स्वदेश फर्कंदै

बिराटनगर:- कोरोना संक्रमणका कारण विभिन्न देशमा अलपत्र पर्नेहरुको उद्धार आज पनि जारी छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज विभिन्न ५ देशबाट झण्डै ७ सय नेपाली स्वदेश फर्कंदैछन् । आज हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना नेपाली ल्याउँदै छ ।

 

यस्तै हिमालयन एयरलाइन्सले नै माल्दिभ्सबाट १ सय ५६ जना ल्याउदैछ । त्यस्तै नेपाल वायुसेवा निगमले बहराइनबाट १ सय ५० जनालाई उद्धार गरी काठमाडौं ल्याउँदै छ ।

त्यस्तै एयर अरेबियाले यूएईबाट १ सय ५० र जजिरा एयरले कुवेतबाट १ सय ५० जना ल्याउने तय भएको प्राधिकरणले जनाएको छ । जेठ २१ देखि हालसम्म साढे पाँच हजार नेपाली स्वदेश फर्किसकेका छन् । सरकारले पहिलो चरणमा २० देशका २४ हजार नेपालीको उद्दार गर्ने तालिका बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *