बिराटनगर;-लकडाउनले प्राभावित बनेको राजस्व संकलन पछिल्लो ६ दिनमा १४ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको छ । जेठ एक महिनामा ४० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले बैशाखमा भने जम्मा १६ अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । कठोर लकडाउन भोगेको वैशाखमा कम राजस्व संकलन भएको थियो । सरकारलाई अहिले खर्च जोहो मै समस्या छ ।
सरकारले राजस्व उठाउने समय पटक—पटक पछि सारेतापनि पछिल्लो समय असार ७ गतेसम्म राजस्व बुझाउन सूचना जारी गरेको थियो । तर यता सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनपछि मात्र कर उठाउन निर्देशन दिएपछि अहिले सरकार दबाब दिएर कर उठाउन सक्ने पक्षमा छैन ।तर, अर्थमन्त्रालयका पदाधिकारीले ठूला—ठूला व्यवसायीलाई कर तिर्न फोन मार्फत नै आग्रह गर्न थालेका छन् । व्यवसायीले आग्रह पालना गर्दै कर तिर्न थालेका छन् । यता बैंकहरुले पनि कर तिर्ने भनेका छन् ।
Comments