दक्षिण कोरियाको दाइज्योङमा पुनः लकडाउन लागू

बिराटनगर :- दक्षिण कोरियाको पाँचौं ठूलो सहर दाइज्योङमा पुनः लकडाउन लागू गरिएको छ । कोरोना भाइरसको संक्रमण समूहगत रुपमा देखिन थालेपछि प्रतिबन्ध र सोसल दूरीका नियमहरुमा कडाइ सुरु गरिएको हो ।

सो शहरमा मानिसहरुलाई सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाइएको छ । सार्वजनिक स्थलहरु, सङ्ग्रहालय, खेल हल र पुस्तकालयमा सबै प्रकारको सभामा प्रतिबन्ध लगाइएको छ ।

सङ्क्रमणलाई मध्यनजर गर्दै २० वटा चर्च पनि बन्द गरिएको छ । राजधानी सोलका प्रमुखले भाइरस सङ्क्रमणको दोस्रो लहर देखिने स्थितिलाई मध्यनजर गर्दै आफूले तयारी गरिरहेको जानकारी दिएका छन ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमित थपिएका छन् । तिमध्ये छ जना विदेशबाट फर्किएका मानिस छन् ।

गत फेब्रुअरीमा दक्षिण कोरियामा चर्च कोरोना भाइरस प्रकोपको सबैभन्दा ठूलो केन्द्र बनेको थियो । छ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *