बजेट मात्र सक्ने असारे विकासमा सासदको ध्यानाकर्षण

बिराटनगर;- पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा पहिले संरचना निर्माण गरेर मात्रै सडक निर्माण गर्दा दोहोरो खर्च नहुने भन्दै सांसदहरुले सरकारलाई सुझाएका छन् । आवको शुरुदेखि बनेका सडक अहिले खन्ने काम भइरहेको, केही समय पहिले जतासुकै कालोपत्र देखिएका ठाउँहरुमै अहिले धमाधम खन्ने काम भइरहेका भन्दै राष्ट्रिय गौरबको आयोजनाको प्रगतिका बिषयमा पनि जानकारी दिन सरकारसित माग गरेका छन् ।
पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको भन्दै “समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेको सासदहरुले बताए ।

बैठकमा दुर्गम जिल्लामा योजना वर्षेनी दोहोरिने तर निर्माण कहिल्यै सम्पन्न नहुने सांससदहरुले गुनासो राखे ।
मेलम्चीको पानी असारसम्ममा काठमाडौँमा झारिसक्ने प्रतिबद्धता भएपनि त्यसअनुसार काम भएको वा नभएको भनी समितिलाई जानकारी नभएको सांसदहरुले टिप्पणी गरे । तयारी राम्रो नभए मेलम्चीको पानीले काठमाडौँमा बाढीको समस्या आउन सक्ने उनिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *