अचानक पहिरो खस्दा दुइको मृत्यु , ट्रक र ट्यांकर बगायो

बिराटनगर;-पाल्पाको तानसेन नगरपालिका-११ सम्मवारीमा गएको पहिरोमा परी दुइ जनाको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । तानसेन रिडी सडक खण्ड अन्तर्गत बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन्। रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो।
पहिरो हटाइरहेका बेला फेरि अचानक पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको घटनास्थलका प्रत्यदर्शीले बताएका छन् ।

प्रत्यक्षदशीका अनुसार पहिरोले बगाएर ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन्।

पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन नसकेपनि उद्धार जारी रहेको घटनास्थलमा रहेका प्रहरी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *