बिराटनगर : -सत्तारुढ नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण नभएको बताएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुडभेड गर्ने कारण के छ भन्दै प्रतिपक्षी कांग्रेसलाई प्रश्न गरेका हुन् ।
सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले अंगिकृत नागरिकताको नयाँ ब्यवस्थाले सांस्कृतिक अधिकारमाथि आक्रमण नगर्ने जिकिर पनि गरे ।
अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीकि र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै सांसद भुसााले स्थायी अवासिय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि आक्रमण नहुने बताएका हुन् । उनले राजनीतिक अभिष्ट पुरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गरे ।
हिजोको बैठकमा कांग्रेस सांसद देवले सत्तारुढ नेकपाले नेपाललाई चीनको झोलामा राख्न र भारतसँगको सम्बन्ध तोड्न खोजेको आरोप लगाएका थिए ।
Comments