सल्यान जिल्ला अस्पताल सिल गरियो

सल्यान : सल्यान जिल्ला अस्पताल आजदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई अहिले क्वारेन्टिनको आइसोलेसनमा राखिएको छ ।

संक्रमितको सम्पर्कमा आएकाको पीसीआर परीक्षण पनि सुरु गरिएको छ । अस्पतालका सबै स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको छ । अस्पतालवाट दैनिक एक सय जनाले उपचार सेवा लिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *