वडाध्यक्ष साबुद्धिन मुसलमानमाथि गोली प्रहार

कपिलवस्तु : कपिलवस्तु यशोधरा वडा नं ८ का वडाध्यक्ष साबुद्धिन मुसलमानमाथि गोली प्रहार भएको छ । गोली प्रहार भएपनि वडाध्यक्ष मुसलमानलाई भने गोली नलागेको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने २५ वर्षीय महोम्मद हुसेन मुसलमान पक्राउन परेका छन् भने अर्का एक जना फरार रहेका छन् । फरार रहेकाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *