क्वारेन्टिबाट घर फर्केको ३ दिनमै पुरुषको मृत्यु

बर्दिया : १५ दिन क्वारेन्टिनमा बसेका एक जनाको घर फर्केको तीन दिनमै मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका ४ भगवानपुरका ५० वर्षीय पुरुष छन् । उनी क्वारेन्टिनमा आरटीडी परीक्षण नेगेटिभ भएपछि घर फर्केको उनको मृत्यु भएको हो ।

उनको पिसीआर परीक्षणमा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनी रोजगारीको शिलशिलामा भारतबाट फर्केका थिए । बर्दियामा हालसम्म १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ६१ जना निको भई घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *