कोरोना अध्ययनका लागि दक्षिण कोरियाका ४ हजार जनाले प्लाज्मा दान गर्ने

बिराटनगर  – कोरोना भाइरस (कोभिड १९) को उपचारको अध्ययन र अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले रगतको प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित शिञ्चोंजी चर्चका ४ हजार जना निको भएका संक्रमितले स्वतःस्फुर्त रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उनीहरुले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको संस्थाले विज्ञप्ती मार्फत जनाएको छ । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको बताइएको छ ।
प्लाज्माको अभावमा कोरोनाको खोपको अनुसन्धान र अध्ययन गर्न कठिन भइरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् । दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना कै कारण २ सय ८१ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशहरुमा अध्ययन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *