चितवनमा पनि भित्रियो सलह

चितवन : चितवनमा पनि सलह किरा भित्रिएको पाइएको छ । चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिका केही क्षेत्रमा सहल किरा फेला परेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । सलह किरा चितवन विभिन्न स्थानमा झुण्ड झुण्ड रुपमा देखिएको हो ।

कृषि ज्ञान केन्द्र चितवनले सलह देखा परेका स्थानहरुमा आगो वाल्ने र विभिन्न माध्यमहरुवाट ठूला ठूलो आवाज निकालेर किराहरु धपाउन अनुरोध गरेको छ । धान रोप्ने सिजन चलिरहेकाले धानको नर्सरीलाई सुरक्षित राख्न समेत केन्द्रले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *