सलह नियन्त्रणका लागि सरकारले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने

बिराटनगर : सलह किरा नियन्त्रणका लागि सरकारले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने भएको छ । आज कृषि मन्त्रालयमा भएको सरोकारवालको बैठकले सलहले अन्नवालीले क्षति पुर्‍याउने आंकलन सहित नियन्त्रणका काम तत्काल अघि बढाउने निर्णय गरेको हो ।

दमकल, ड्रोनको प्रयोग गरेर बढी झुन्ड देखिएको ठाँउमा सलहलाई नष्ट गर्ने निर्णय बैठकले गरेको हो । विषादी छर्कने कार्य भोलीवाट नै सुरु हुने मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै किसानहरुलाई थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय अवलम्बन गर्न पनि मन्त्रालयले सुझाब दिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि तत्काल नियन्त्रण गर्न दमकल, ड्रोल लगायतको प्रयोगका लागि तयारी अघि बढाइएको जानकारी दिएको छ । भारत हुँदै हिजो नेपालको तराइ क्षेत्रमा भित्रिएका सलह आज पहाडी क्षेत्रका विभिन्न जिल्लामा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *