विराटनगर महानगरपालिकाले वितरण गरिएको राहत गुणस्तरहिन

विराटनगर । लकडाउनमा गरिब, विपन्नका लागि विराटनगर महानगरपालिकाले वितरण गरिएको राहत गुणस्तरहिन रहेको जनाएको छ ।

विराटनगर ६ निवासी मेहबुद अंसारीले केहि दिनअघि महानगरपालिकाबाट प्राप्त गरेको राहतमा कुहिएको आलु, सडेको चामल र गुणस्तरहिन दाल प्राप्त गरेका छन् । अंसारी भन्छन् ‘उक्त कार्यमा महानगरपालिकाको लापरवाही देखिएको छ ।’ पछिल्लो समय विराटनगर महानगरपालिकाले बाँढ्दै आएको राहतका खाद्यान्यहरु गुणस्तरीय नभएको भन्दै स्थानीय स्तरबाट गुनासो बढ्न थालेको छ ।

यसअघि, वीरगन्ज महानगरपालिकाले पनि गुणस्तरहिन राहत सामग्री वितरण गरिएको थियो । बुधबार वीरगन्ज महानगरपालिका वडा १४ का एक सय २५ जनाका लागि ९ सय ५० किलो चामल पठाएको थियो । लकडाउनमा गरिब, विपन्न, दैनिक ज्याला गरी खानेलाई वितरणका लागि आएको चामलको बोरा खोलेर छुट्टाछुट्टै प्याकिङ गर्ने क्रममा चामल डल्लो परेको, सडेको फेला परेपछि वडाध्यक्ष भरत कुर्मीले राहत वितरणमा रोक लगाउदै राहतमा भएको भ्रष्टाचारको छानविनको मागं गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *