पिपल चौकमा गुड्दागुड्दैको टिप्पर सडक मा भासिए

बिराटनगर महानगरपालीका वार्डनंम्बर १० पिपल चौकमा गुड्दागुड्दैको टिप्पर सडक मा भासिएको छ । अचानक सडक भाँसिदा गुडिरहेको टिप्पर सडकमै ठाडो परेको थियो । कम्जोर सडक निर्माण भएका कारण उक्त टिप्परको चक्का सडकमा भाँसिएको होे । चाँडो काम सक्ने प्रयासमा भएको लापरबाहिको यो एउटा प्रतिनिधि घटना हो । बर्षको समयमा कतिपय स्थानमा सडक नै पुरा बनेको छैन भने बर्षातको ढल समेत सडकमै जम्ने अवस्था रहेको छ । यसरी कालोपत्रे सडकनै भाँसिन थालेपछि मालबहाक सवारीसाधन कतिबेला काहाँ भाँसिने हो भन्ने सवारीचालक हरुमा चिन्ता सिर्जना भएको छ । सडक निर्माण गर्दा कमिसनको बलमा कालोपत्रे सडकको बिल पास हुनु र सडकको गुणस्तर को समेत ख्याल न गर्नुको गतिलो उधाहरण हो । संम्बन्धीत निकाको बिल पास गर्दा कमिसनमा जति ध्यान जान्छ त्यतिनै ध्यान गुणस्तरमा पनी जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *