राठी केबलले टिकटक भिडियो प्रतिस्प्रधाको आयोजना गरेको छ । टिकटक भिडियो बनाउने कलाकारहरुलाई खुल्ला प्रतिस्प्रधाको आयोजना गरेको हो । राठी ब्राण्डलाई लिएर जस्ले पनी उक्त भिडियो प्रतिस्प्रधामा सहभागी हुन सक्ने छ । एक वा एक भन्दा बढी मानिस हरु एउटा भिडियोमा सहभागी हुन सक्ने छन् भने राठी केबलको टिकटक भिडियो भित्र रहेको राठीकेबलको गाना वा कुनै पनी नाट्य रुपान्तरण गरी राठी ब्राण्डलाई लिएर प्रतिस्प्रधाकालागी भिडियो निर्माण गर्न सकिने राठी ग्रुपका प्रमुख श्याम राठीले बताउनु भयो ।
टिकटक भिडियो प्रतिस्प्रधाको बिजयीहरुले प्रथम पुरस्कार १५ हजार दोश्रो पुरस्कार ११ हजार तेश्रो पुरस्कार ५ हजार चौथो पुरस्कार ३ हजार र पाँचौ पुरस्कार २१ सय पाउने छन् ।
कोरोना भाइरले गर्दा घरमा बस्नु पर्ने बाध्यत लाई प्रतिस्प्रधामा ल्याउन र युवा वर्गमा भएको कालाकारीता लाई समेत प्रोत्साहन गर्न टिकटक भिडियो प्रतिस्प्रधाको आयोजना गरीएको राठी ग्रुपका प्रमुख श्याम राठीले बताउनु भयो ।प्रतिस्प्रधाका लागी बनेका भिडियो असारको १८ गते सम्म अपलोड गर्न पाउने छन् भने टिकटक भिडियो टिकटकमा प्रतिस्प्रधाका लागी अपलोड गर्दा ह्याजट्याग राठीकेबल टाइप गरी टिकटकमा अपलोड गर्नु पर्ने हुन्छ । बिजेता असार २० गते राठीकेबलको फेसबुक पेज बाट सार्वजनीक गरीने राठीकेबलका प्रमुख श्यम राठीले बताउनु भयो ।
Comments