नेकपा कुर्सी विवाद समाधान

काठमाडौं : सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा देखिएको कुर्सी बस्ने स्थानसम्बन्धी विवाद समाधान भएको छ । आजको स्थायी कमिटी बैठकमा शीर्ष नेताहरुलाई पनि अन्य सदस्यहरु सँगै राखेपछि विवाद समाधान भएको हो।

आजको बैठकमा दुई अध्यक्षसहित वरिष्ठ २ नेता र उपाध्यक्ष एउटै लाइनमा राखिएको छ । सचिवालयका अन्य नेताहरु स्थायी समितिका सदस्यसँगै मिलाइएको कुर्सीमा राखिएको छ ।

स्थायी समितिको यसअघि तीन दिन बसेको बैठकमा दुई अध्यक्षसहित वरिष्ठ नेता, उपाध्यक्ष र सचिवालयका अन्य सदस्यहरु मञ्चमा राखिएको थियो । अन्य स्थायी समितिका सदस्यहरुलाई भने तल बस्ने ब्यवस्था गरिएको थियो ।

सचिवालय सदस्यहरु मञ्चमा रहे पनि दुई अध्यक्षका लागि र अन्य सदस्यहरुका लागि भिन्दाभिन्दै कुर्सी र बस्ने ब्यवस्था गरिएको थियो । नेताहरुबिच विभेद गर्ने गरी कुसी राखिएको भन्दै विरोध हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *